आजदेखि युवा संघको नवौं राष्ट्रिय महाधिवेशन
वि.सं.२०७९ चैत २७ सोमवार ०६:५७
1.53K
shares

काठमाडौं – नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन हुँदैछ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन २७-२९ गतेसम्म चल्नेछ।
नेपालगञ्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा दुई हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन्।
वि.सं.२०७९ चैत २७ सोमवार ०६:५७

















