सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)
वि.सं.२०८० वैशाख ८ शुक्रवार १८:१८
1.12K
shares

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ ।
मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् । सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ गराएको छ ।
वि.सं.२०८० वैशाख ८ शुक्रवार १८:१८

















