उपनिर्वाचका लागि मतदान जारीः तीन क्षेत्रमध्ये सबैभन्दा धेरै मत चितवन–२ मा खस्यो
वि.सं.२०८० वैशाख १० आइतवार १०:४४

काठमाडौं। उपनिर्वाचका लागि आज तीनै क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। तीन निर्वाचन क्षेत्रमध्ये आज बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको सहायक मतदान अधिकृत ईश्वरी आचार्यले जानकारी दिएका छन् । चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ ।
सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । जहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत र बारा २ मा १५ प्रतिशत मत खसेको छ ।
वि.सं.२०८० वैशाख १० आइतवार १०:४४
















