skip this

यी हुन् बाँसको तामाका फाइदा

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।

• बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुऱ्याउँछ । • पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।

• पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।

• गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

• तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले “तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ ।

• तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।

• आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।

• रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।

• बाँसको तामा फोक्सोसम्बन्धी बिमारीलाई अति उपयोगी मानिन्छ ।

• ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।

• नियमित तामाको परिकारले क्यान्सर हुने डर कम हुन्छ ।

nijgadh-supermart-adz1200-630