skip this

घट्यो सुनको मूल्य, चाँदी स्थिर

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि सोही मूल्यमा चाँदी किनबेच भएको छ।

nijgadh-supermart-adz1200-630