skip this

कर्णाली करिडोर सँग जोडियो खत्याड, हर्षित स्थानिय

2.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मुगु जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिए पश्चात खत्याडवासी हर्षित भएका छन् । खत्याड गाउपालिकाको सुकाढिक झुगला स्थित हुम्ला कर्णाली नदी बेलिब्रिज निर्माण भए पछि खत्याड गाउँपालिकातिर चल्ने सवारी साधन अब सहजै रुपमा सञ्चालन हुने भए पछि खत्याडवासी हर्षित भएका हुन।

शुक्रबार कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सो बेलिब्रिज पुलको उद्घाटन गरेका थिए । बेलिब्रिजले स्थानीय उत्पादनले बजार पाउने र स्थानीयको जीवनस्तरमा सुधार हुने आशा गरिएको छ ।

कर्णाली नदीमा बेलिब्रिज पुल निर्माण भए पछि गाडी गाउँमै पुग्ने हुदा खुसी छाएको स्थानीयले बताएका छन् । अब सहरको माल सामान गाउँमै पुग्ने भयो ‘हामीलाई सुर्खेत, नेपालगञ्ज आउजाउ गर्न पनि सहज हुने भयो, स्थानिय राम शर्मा भन्छन् ।

सुकाढिक झुगलमा निर्माण भएको बेलिब्रिजले पर्यटकलाई रारा भ्रमण गर्न पनि सहज भएको छ । हिमपात र बर्खामा पनि उक्त सडक सञ्चालन हुने भएको बाह्रैमास पर्यटकलाई रारा घुम्न आउन सुविधा भएको छ । बेलिब्रिजले समग्र मुगुवासीको समृद्धिको ढोका खोलेको सांसद ऐनबहादुर शाहीको भनाइ छ ।

सुकाढिक झुगला बेलिब्रिजदेखि खत्याड बाउपानीसम्मको करिब २९ किलोमिटर सडक सुधार गर्न र खोलामा पुल निर्माण गर्न गाउँपालिकाले विशेष ध्यान दिनु पर्ने जनाईएको छ । गमगढी खत्याड सडक जोडिने कार्यलाई पहिलो प्राथमिकता राखिएको छ ।

६० मिटर लम्बाइको उक्त बेलिब्रिज निर्माणका लागि खत्याड गाउँपालिकाले ३ करोड ५९ लाख ९८ हजार बजेट छुट्याएको थियो भने पुल निर्माणका लागि चलप रबि चक्र जेभीले जिम्मा लिएको थियो ।

nijgadh-supermart-adz1200-630