skip this

चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। गत चैत मसान्तसम्म व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार ८३९ पुगेको छ ।

 त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।
 

nijgadh-supermart-adz1200-630