स्वस्थ र क्षमतावान हुन महिलाले पौष्टिक आहारामा ध्यान दिन आवश्यक : हेटौंडा मेयर मीनाकुमारी लामा
वि.सं.२०८० जेठ २ मंगलवार २३:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले स्वस्थ र क्षमतावान हुन महिलाले पौष्टिक आहारामा ध्यान दिन आवश्यक रहेकाे बताएकी छिन् ।
हेटौंडामा मंगलबार घरेलु तथा रैथाने उत्पादनको प्रयोग गरी स्वच्छ र पौष्टिक आहारयुक्त खाद्य सामाग्री बनाउने तालिम उद्घाटन गर्दै मेयर लामाले पौष्टिक आहाराले महिलाहरुलाई स्वस्थ रहन र क्षमता विकासमा टेवा पुग्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।

उपमहानगरले महिलाहरुलाई शिक्षा, स्वास्थ्य राजनीतिलगायत विभिन्न क्षेत्रमा बलियो बनाउन आगामी नीतिगत कार्यक्रम ल्याउने तयारी रहेको उनको भनाई रहेको छ ।
बलियो नेपालका कार्यकारी अधिकृत डा. अतुल उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, नार्कका वरिष्ठ वैज्ञानिक डा.रोमन कार्की, सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ती कलावती सुमार्गी, माधवराज सुमागी स्मृति कोषकी उपाध्यक्ष अस्मिता सुमार्गीलगायतको आतिथ्यता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको सहकार्य र बलियो नेपालको आयोजनामा सुरु भएको हो ।आगामी चार दिनसम्म संचालन हुने तालिममा हेटौंडाका २० जना महिलाहरुको सहभागिता रहेको छ ।
वि.सं.२०८० जेठ २ मंगलवार २३:३४


















