skip this farak Kura Pravakar

सुनको मूल्यमा सामान्य गिरावट

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार बुधबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ ।यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

nijgadh-supermart-adz1200-630