skip this

हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।उनलाई सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो ।

हज कमिटीको गाडी प्रयोग गरेर पैसा ओसार्न कार्य गरेको हिरासतमा रहेका आरोपीको बयानका आधारमा उनलाई पक्राउ गरिएइको हो । प्रहरी स्रोतका अनुसार मियाँ मोबाइल अफ गरेर बसे पनि सचिवालयबाट विभिन्न कागजपत्रहरुले सूचना केही दिन अघि आएको थियो ।

‘केही नजिकका कर्मचारीलाई कागज पत्र मागेर हस्ताक्षर गर्दै पठाउने गरेको पाइएपछि गोप्य निगरानी बढाएका थियौं’, एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसक्रममा आज ऊर्जा मन्त्रालयमा बसेर काम गर्न खोज्दा पक्राउ गरिएको हो ।’

nijgadh-supermart-adz1200-630