skip this

निजगढमा ट्रान्सफर्मर मर्मतका लागि विद्युत सेवा अवरुद्ध

87 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–निजगढस्थित ३३र११ केभीको ६र८ एमभीए क्षमताको पावर ट्रान्सफर्मरको ‘R’ Phase’ फेजबाट पुनः तेल चुहावट भएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा अस्थायी रूपमा बन्द गरेको छ।

सम्भावित जोखिम रोक्न तथा आवश्यक मर्मतसम्भारका लागि विद्युत लाइन बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राविधिक टोलीले मर्मत कार्य सुरु गरिसकेको र करिब एक घण्टाभित्र मर्मत सम्पन्न गरी विद्युत सेवा पुनः सुचारु गरिने निजगढ उप(वितरण केन्द्र, निजगढका प्रमुख रामप्रकाश कुमार साहले जानकारी दिएका छन् ।

आकस्मिक मर्मतका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमायाचना गरेको छ।

nijgadh-supermart-adz1200-630