skip this farak Kura Pravakar

१६ दशमलव ४२ अंकले बढ्यो शेयर बजार

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। साताको चौथो कारोबारको दिन पनि शेयर बजारमा रौनक छाएको छ । यो साता शेयर बजार लगातार उकालो लागिरहेको हो । बुधबार नेप्से परिसुचक १६ दशमलव ४२ अंकले बढेको छ । आज नेप्से परिसुचक शुन्य दशमलव ८१ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८२ अंकले उकालो लागेको छ । आज दिनभर भएका ७९ हजार ४ सय ६१ कारोबारबाट २७५ कम्पनीका १ करोड २५ लाख ६१ हजा ४ सय ४० कित्ता शेयरर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ पुगेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

nijgadh-supermart-adz1200-630