आजको फलफूल तथा तरकारीको मूल्य, घिउ सिमी लोकल ११० रूपैयाँ
वि.सं.२०८० असार २४ आइतवार १०:१३

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, घिउ सिमी लोकल ११०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४५, भारतीय आलु रातो ३६, टनेल गोलभेडा सानो ३५, लौका ८० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ , बन्दा लोकल १०, ब्रोकाउली ९०, कागती १४० रुपैयाँ, भिण्डी रू ९०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ९०, हरियो धनिया ९०, लोकल लीच्ची १४०, खुर्सानी सुकेको ४५०, लसुन १९०, चाइनिज लसुन २४०,रुख कटहर ४०, भेडे खुर्सानी ६० मा कारोबार भइरहेको छ ।
वि.सं.२०८० असार २४ आइतवार १०:१३

















