skip this

हत्या आरोपमा एकजना पक्राउ

909 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ, २५ असार । रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं–झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पश्चिम०बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630