skip this farak Kura Pravakar

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

777 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । निरन्तर परेको अविरल वर्षा पछि पहिरो जाँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।

आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् ।

यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

nijgadh-supermart-adz1200-630