skip this farak Kura Pravakar

बारामा शिक्षकको आन्दोलन हाक्ने ‘कमाण्डर’ तोकिए राजकिशोर सहनी

2.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारामा शिक्षाकहरुको एक भेलाले आन्दोलन परिचालन समिति गठन गरेका छन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको मिति २०८० साल भाद्र ३ गते प्रकाशित विज्ञप्ती बमोजिम हाल माबि परिक्षामा रहेको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदालाई आवश्यक संशोधन गरि शिक्षक कर्मचारीहरुको माँग मुद्दा सम्बोधन गराउन हेतुले दवाव सृजनाका लागि निर्धारित कार्यक्रम अनुसार जिल्लामा सो परिचालन समिति बनाएको छ ।

समितिको संयोजकमा नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष राजकिशोर सहनी, सह–संयोजकमा उप–संयोजकमा शिक्षक फोरमका श्यामबाबु यादव सर्व सहमत चयन भएका छन् ।

समितिको सदस्यहरुमा नन्दकिशोर दुवे, पारसप्रसाद जसवाल, रोसन यादव, दिभाकर केसी, देवकुमार प्रसाद साह,कलेश दुवे, जितेन्द्र गुप्ता, मनिष यादव र मन्जु सुवेदीसहित हरेक पालिकाबाट एक/एक जना सदस्य रहने गरि परिचालन समिति गठन भएको अध्यक्ष सहनीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630