skip this

अनियमित विद्युत कटौतीको विरोधमा प्राधिकरणलाई जनमत यूवा संघ बाराको ज्ञापन

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जनमत यूवा संघ बाराले अनियमित विद्युत कटौतीको विरोध गर्दै नेपाल विद्युत प्राधिकरण कलैयामा ज्ञापन–पत्र बुझाएको छ ।

विना सूचना पटक–पटक लाईन काटेर सर्वसधारणलाई दुःख दिएकोमा विरोध गर्दै जनमत पार्टीका भातृ संगठन जनमत यूवा संघका बारा जिल्ला संयोजक विकास सिंहको नेतृत्वमा यूवाहरुले प्राधिकरणका प्रमुख ऋषी वर्णवाललाई ज्ञापन–पत्र बुझाएका हुन् ।

अनियमित विद्युत कटौतीका कारण गर्मीमा सर्वसाधारणहरुलाइ निकै सास्ती भाग्नु परेका भन्दै कुटाई पिसाई, कपडा धुलाई, मोबाईल चार्ज जस्ता महत्वपुर्ण काम हुन नसक्दा अझै समस्या भईरहेको ज्ञापन–पत्रमा उल्लेख छ ।

रातीको समयमा पनि विद्युत कटौती हुँदा सर्वसाधारण हाते पंखा, छत र सडकको सहरा लिनुपर्ने बाध्यता उल्लेख गर्दैै यो बाध्यतालाई समाधान गर्न विज्ञप्ती मार्फत माग गरिएको छ । समयमा माग सम्बोधन नगरिए सर्घषका कार्यक्रम ल्याउने बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यता प्राधिकरण प्रमुख वर्णवालले सिस्टमबाट नै कहिले काही देश भरी लाईन काटिदा यहाँ विद्युत कटौती हुने गरेको दाबी छ । वीरगंजबाट कलैया आएको लाईन धेरै पुरानो भईसकेकाले समस्या आएको बताए । उनले पर्साको लक्षमणवा र कलैयास्थित पावर हाउस नजिकै रहेका बस्तीको तार फेर्नु पर्ने अति आवश्यक भएपनि फेर्न नपाउँदा अलि समस्या सृजना भएको बताए ।

निकट भविष्यमा नै कलैयाका लागि पथलैयाबाट ३३ हजार केभिएको लाईन कलैयाका लागि जडान कार्य शुरु भईसकेको हुदा दशैं सम्ममा कलैयालाई पुग्ने गरि विद्युत नियमित हुनेमा आफुहरु ढुक्क रहेको हुँदा यहाँका नागरिकले पटक–पटक विद्युत कटौतीको समस्या भोग्नु नपर्ने प्रमुख वर्णवालले बताए ।

nijgadh-supermart-adz1200-630