skip this farak Kura Pravakar

जिल्लाकै ठुलो वडामा सञ्चालनमा आयो सखुवाघाट स्वास्थ्य चौकी ! बर्थिङ्ग सेन्टर निर्माण अधुरै

बजगाँईले थालेको अधुरा योजना खरेलले पुरा गर्लान ?

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg


बारा
–बाराको सम्भवतः ठुलो वडाका रुपमा रहेको साविकको डुमरवाना वडा नं. ७ संघीय संरचनासंगै बनेको जीतपुरसिमरा वडा नं. १६ भएको छ । जसमा सिंगो वडा बराबर टांगियाबस्ती पनि पर्छ । जहाँ सरकारले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन खोज्दैछ ।

जीतपुरसिमराको वेबसाईडमा रहेको विवरणमा वडाको जनसंख्या १० हजार ६ सय ३८ रहेको छ । पूर्वपश्चिम राजमार्गदेखि सदरमुकाम जोड्ने सडकलाई समेत छोयको यो वडामा स्वास्थ्य उपचारको लागि भरपर्दो र सुविधायुक्त व्यवस्था कमि देखिन्छ ।

वडामा अघिल्लो कार्यकालमा नेकपा (माओवादी केन्द्र) बाट विजयी भएका केदारनाथ बजगाँईले स्वास्थ्यलाई प्राथमिकता राखेका थिए । कार्यकालको उत्तार्धमा वडा कार्यालयदेखि स्वास्थ्य चौकी भवनसम्म बनाउने योजना ल्याए ।

वडा कार्यालय भवन निर्माण पुरा भएर सञ्चालनमा आएपनि स्वास्थ्य चौकी भवन निर्माण भएर निर्माण कम्पनीले हस्तान्तरण नहुँदै स्थानीय तह निर्वाचन आयो । उनी पुनः उम्मेदवार भए तर झिनो मतान्तरले पराजित भए । नेकपा (एमाले) बाट हरिदेव खरेलले चुनाव जिते ।

वडाका अधुरो योजना कार्यान्वनको जिम्मेवारी खरेल नेतृत्वको वडा समितिको काँधमा आईपुग्यो । दुई वर्षमा ३७ करोड लगानीमा बनेको स्वास्थ्य भवनलाई खरेलको कार्यकालमा वडा समितिलाई हस्तान्तरण भयो । साविकमा डुमरवाना स्वास्थ्य चौकी नाम रहेकोमा नगर प्रमुख राजन पौडेलले ३० साउनमा नगर प्रमुख स्तरिय निर्णय गर्दैै सखुवाघाट स्वास्थ्य चौकीमा परिवर्तन गरेका थिए ।

हरिदेव खरेल

वडा कार्यालय नजिकै बनेको स्वास्थ्य चौकी भवनको ६ भदौंमा पूर्व वडाध्यक्षसँगै राखेर खरेलले रिवन काटेर उद्घाटन गरे । भवन उद्घाटनसंगै गाउँमै स्वास्थ्य सेवा सुरु भएको छ । यसले स्थानीयको गाँउमै स्वास्थ्य सेवा पाउने वर्षौ पुरानो सपना साकार भएको छ ।

वडा अध्यक्ष खरेलेल शिक्षा र स्वास्थ्यको विकासले नै समुन्नति ल्याउने बताउँछन् ‘यो भवन निर्माण सम्पन्न भई अब यसैबाट स्वास्थ्य सेवा पाउनु यहाँका नागरिकका लागि सुखद कुरा हो,’ वडा अध्यक्ष खरेलले भने–‘स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सेवा सुविधा गुणस्तरीय हुन आवश्यक छ ।’

त्यस्तै उपमहानगर उपप्रमुख भोला अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको भन्दै उनले नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको उल्लेख गरे । उपप्रमुख भोला अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपमहानगरका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसाद लगायतसहभागि थिए ।

स्वास्थ्यका अरु योजना

स्थानीय सरकार बनेसँगै वडाले स्वास्थ्यलाई प्राथमिकता राखेको निवर्तमान वडा अध्यक्ष बजगाँई सम्झन्छन् । आधारभुत स्वास्थ प्रवद्र्धन केन्द्र तीन ठाउँमा सञ्चालन गरिएको थियो । पैनीटोलमा सामाजिक भवन र टांगियाबस्तिमा केन्द्र र पिलुवाको माथिल्लो टोलको सामाजिक भवनमा स्वास्थ चौकी डुमरवाना सञ्चालनमा आएको थियो ।

त्यसमध्ये पैनीटोलको आधारभुत स्वास्थ प्रवद्र्धन केन्द विस्थापित भएको छ । जसबाट पैनीटोल र डकाहावासीमा निराश छन् ।

बजगाँईकै पालामा तीन वटा वडालाई मध्यनजर गरेर २४ घण्टे बर्थिङ्ग सेन्टर निर्माण थालिएको थियो । वडा नं. १६ ÷१७ १८ लाई टार्गेट गरेर सरल सुत्केरी सेवा प्रवाह गर्नलाई पिलुवामा शुरुआत भएको योजनाको निर्माण कार्य अघि बढेको छैन ।

निर्माणाधिन भवन बजगाँईको कार्यकाल सकिएसंगै रोकिएकोमा स्थानीय भएका छन् ।

यता वडा अध्यक्ष खरेलले सखुवाघाट स्वास्थ्य चौकी नामपरिवर्तन भएको सूचना सार्वजनिक गर्दै निर्माणाधीन बर्थिङ्ग सेन्टरको अधुरो कार्य छिटोभन्दा छिटो पुरा गरि संचालन गर्ने जिम्मेवारी बढेको महसुस भएको लेखेका थिए ।

nijgadh-supermart-adz1200-630