skip this

पत्रकारलाई ज्ञानेन्द्र शाहीको धम्की : अपराधको मुद्दा लगाएर फसाइदिन्छु, ‘जे पनि गर्न सक्छु’ !

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । समाचारको विषयलाई लिएर राप्रपा सांसद ज्ञानबहादुर शाही र उनका सहयोगीले पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई शाहीका सहयोगी बताउने व्यक्तिले ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको महासंघको भनाई छ ।

महासंघ काठमाडौँ शाखाका अनुसार भदौ ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कँदै गर्दा पत्रकार तिवारीलाई काठमाडौँको बिजुली बजारको पुलमा प्रतिनिधिसभा सदस्य शाहीको नाम लिँदै दुई जनाले धम्क्याएका थिए । त्यसअघि जघन्य अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै प्रतिनिधिसभा सदस्य शाहीले समेत सामाजिक सञ्जालमार्फत सन्देश पठाएर धम्क्याएको महासंघले जनाएको छ ।

‘समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हरकत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती हो,’ महासचिव रोशन पुरीले भनेका छन्, ‘पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पुर्‍याउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

यसैबीच अनलाइन टिभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई अज्ञात व्यक्तिले फोन गरी ज्यान मार्ने धम्की दिएको महासंघको भनाई छ । भदौ ५ गते मंगलबार बेलुका ८ बजे कुनै पार्टीको कार्यकर्ता बताउने अज्ञात व्यक्तिले फोन गरी गोली हान्ने, खुकुरी प्रहार गर्ने, मार्नेलगायतको धम्की दिएको उपाध्यक्ष केसीले महासंघमा जानकारी गराएका छन् ।

 

nijgadh-supermart-adz1200-630