सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ औं बार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८० भदौ १० आइतवार १७:२०

बारा–सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ सिमरास्थित कार्यालय परिषरमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बारा क्षेत्र नं. ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ ले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सांसद श्रेष्ठले मानव जीवन र स्वास्थ्यसँग जोडिएको खानेपानीको श्रोत सिमरा खानेपानी संस्थाले उपभोक्ताको मन जितेको बताए ।
‘खानेपानी र सरसफाईका क्षेत्रमा बनेका योजनामा समुदायसँग आफ सहकार्य गर्न म सधै तयार छु,’ उनले भने–स्वास्थ्य र सफा वातावरणका लागि वनसम्पदा सहितको प्रकृतीको रक्षा आवश्यक छ ।

त्यस्तै बारा क्षेत्र नं. ४ क प्रदेशसभा सदस्य देवनाराण चौधरीले खानेपानी संस्थाले सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए । ‘यसका लागि आवश्यक सहयोग गर्न संधै तयार छु,’ चौधरीले भने–लाखौं उपभोक्ताको प्रत्यक्ष जीवन जोडिएको पानीको भण्डारण र वितरणमा लापरवाही हुन नदिन चनाखो हुनुपर्छ ।’
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारी, सहकारी अभियन्नता मुकुन्द बहादुर क्षेत्री, वडा नं. २ का अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष तारा कार्की, नेपाली काँग्रेस जीतपुरसिमरा नगर सभापति छविलाल शर्मा, एमाले नेता रमेश खरेल, राप्रपा नेता माधव प्रसाद त्रिपाठी, थानीमाई वन उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
संस्थाले वार्षिक साधारण सभाको अवसरमा नियमित महशुल बुझाउने मध्येका उत्कृष्ठ तीन जना उपभोक्तालाई सम्मान गरिएको थियो । संस्थाका उपभोक्ता लीला मगर गुरो, यम बहादुर भण्डारी र होम प्रसाद सिंखडालाई सांसद श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

५ हजार ५९ उपभोक्ता आवद्ध सिमरा खानेपानी संस्थाको २ भदौकालागि वार्षिक
साधारणसभा बोलाईएको थियो ।
यसअघि आह्वान गरिएको वार्षिक साधारण सभा कोरम नपुगेर स्थगित गरिएको थियो ।
संस्थाको अध्यक्ष काशिम हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य निर्मला थापाले स्वागत र प्रशासन सहायक निर्जल घिमिरेले संचालन गरेका थिए ।
वि.सं.२०८० भदौ १० आइतवार १७:२०
















