सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे ट्रमा सेन्टर
वि.सं.२०८० भदौ २० बुधवार १७:५९
783
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन्।
कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए।खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन्।
वि.सं.२०८० भदौ २० बुधवार १७:५९

















