skip this

देश विरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पाकिस्तानविरुद्ध लेखेको आरोपमा एक पत्रकारलाई अदालतले दुई दिन हिरासतमा पठाएको छ । ती पत्रकारलाई पाकिस्तानी संस्थाहरू विरुद्ध उत्तेजक फिचर तथा लेख लेखेको आरोप छ। पाकिस्तानी च्यानलका खालिद जमीललाई एआईएले बिहीबार पक्राउ गरेको थियो ।एफआईएले आरोपितहरू विरुद्ध दर्ता गरेको एफआईआरमा जमीलले ट्विटरमा डरलाग्दो फोटो, भिडियो र ट्वीटहरू पोस्ट गर्ने गरेको बताएको छ।

पाकिस्तानी प्रहरीका अनुसार आरोपित पत्रकारले गलत र भ्रामक जानकारी साझा गर्दै आएको र त्यो नरोकिए पछि पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार उनको यो ब्याबहारले जानाजानी गलत व्याख्या गरी राज्य विरोधी लेख लेख्ने मात्रै काम गरेनन, उनको कार्यले नागरिकमा डरसमेत पैदा गराउने कार्य गरियो ।

nijgadh-supermart-adz1200-630