skip this

भारतमा रहेको अफगान दुतावास तालिबान सरकारले गरायो बन्द 

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।  भारतमा रहेको अफगान दूतावास बन्द भएको छ । तालिबान शासनको तर्फबाट ‘स्रोतको अभाव’ र ‘अफगानिस्तानको हित पूरा गर्न असफल भएको’ भन्दै भारतमा दुतावासको काम कारबाही बन्द गरेको हो ।

दूतावासले भनेको छ, ‘तालिबान सरकारको निर्देशन र कोषमा काम गर्ने केही वाणिज्य दूतावासहरू छन्, तिनीहरू वैध छैनन् र न त उनीहरूले निर्वाचित सरकारको जनादेश अनुसार काम गरिरहेका छन् ।’ उल्लेखनीय के छ भने अफगानिस्तानमा तालिबान शासन स्थापना भए पनि अफगानिस्तानको पुरानो सरकारका कूटनीतिज्ञहरु भारतमा कार्यरत थिए।

अफगान दूतावासले आइतवार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुःख, खेद र निराशाका साथ हामी नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावासले आफ्नो सञ्चालन बन्द गर्ने निर्णय गरेको घोषणा गर्दछौं।’ अफगानिस्तान र भारतबीचको ऐतिहासिक सम्बन्ध र दीर्घकालीन साझेदारीलाई ध्यानमा राख्दै यो निर्णय अत्यन्तै खेदजनक रहेको दूतावासले जनाएको छ ।

अफगान दूतावासले कूटनीतिक सम्बन्धसम्बन्धी भियना कन्भेन्सन ९१९६१० को धारा ४५ अनुसार दूतावासको सम्पूर्ण सम्पत्ति दूतावासले काम गरिरहेको देशलाई दिइने बताएको छ । दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,  ‘हामी भारत सरकारलाई यसअघि पेश गरिएको आधिकारिक नोटका चार बुँदालाई ध्यानमा राखेर विचार गर्न अनुरोध गर्दछौं।’

 ‘अफगानिस्तानको दूतावासले निश्चित कन्सुलरहरूको गतिविधिको बारेमा स्पष्ट बयान दिन चाहन्छ। यी कन्सुलरहरूले गरेका कुनै पनि कार्यहरू वैध वा निर्वाचित सरकारको उद्देश्यसँग असंगत छन् भन्ने हाम्रो दृढ विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानका राजदूत र दूतावासका कूटनीतिज्ञहरूले गत २२ वर्षमा अफगानिस्तानलाई सहयोग गरेकोमा भारतका जनता र भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’

nijgadh-supermart-adz1200-630