अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस : जीतपुरमा अर्थमन्त्री महतले गरे सञ्जीवनी बाटिका उद्घाटन
वि.सं.२०८० असोज १४ आइतवार १५:०८

बारा–बाराको जीतपुरसिमरा–७ स्थित सञ्जीवनी बाटिकाको भवन आईतबार उद्घाटन गरिएको छ ।
३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर जेष्ठ नागरिक बृद्धाआश्रमको संरक्षणको लागि स्थापना गरिएको सञ्जीवनी बाटिकाको भवन अर्थमन्त्री प्रकाश शरण महतले उद्घाटन गरेका हुन् ।

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुला मन्सुर अध्यक्ष रहको सञ्जीवनी बाटिका उद्घाटन समारोहमा अर्थमन्त्री प्रकाश शरण महत, पूर्व मन्त्री एवं बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसान, बारा क्षेत्र नं. ४ क का प्रदेश सांसद देवनारायण चौधरी, जीतपुरसिमरा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता लगायतको विशेष उपस्थिति रहेको छ ।

कार्यक्रममा समाजमा विशेष योगदान गरेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान नन्दन अर्याल, जिविस बाराका पूर्व सभापति छठ्ठुप्रसाद यादबलाई प्रदान गरिएको हो ।
कार्यक्रममा सञ्जीवनी बाटिका सचिव शिव भोला ठाकुरले स्वागत र सञ्चालन मेघा शाहीले गरिरहेकी छिन् ।
वि.सं.२०८० असोज १४ आइतवार १५:०८

















