प्रधानमन्त्री दाहालको विदेश भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष

वि.सं.२०८० असोज १४ आइतवार १६:०५

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी कार्यालयमाआयोजित पत्रकार सम्मेलनमा समग्रमा हेर्दा प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएकाहुन् ।
अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलताको प्रभाव पर्न नदिने कुरामा चीन र नेपालकाबीच सहमती भएको भन्दै उनले प्रधानमन्त्रीको भ्रमण सफल भएको जिकिर गरे । उनले भने, ‘चीन भ्रमणले नेपालचीन सम्बन्धमा नयाँ आयाम थपिएको छ । अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलता पेचिलोपनको यो अवस्थामा दुई देशका नेताहरु यसको प्रभाव पर्न नदिने कुरामा सहमत हुनुभएको छ । र पहिला नै राखेका कुराहरुमा पुनःप्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
त्यस अर्थमा यो भ्रमण सफल भएको छ । समग्रमा हेर्दा यो भ्रमणले नेपालको पछिल्लो गतिविधिहरु नेपालले गर्दै गरेको कामहरुको बारेमा जानकारी गराउँदै यो भ्रमण सफल भएको देखिन्छ ।’उनले भ्रमणमा चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगका बिचमा सम्झौताहुनु देश विकासमा नयाँआयामको सुरुवात हुनु भएको बताए ।
उनले भने, ‘अहिलेको भ्रमण आर्थिक विकास, दुई देशका विकासका आधारमा तय भएको छ । डिजिटल अर्थतन्त्रमा सहयोग गर्ने कुरा भएको छ, त्यसैगरि राष्ट्रिय सुरक्षाका कुराहरु, विज्ञान तथाप्रविधिका कुरा सबै कुरामा सहकार्य गर्ने कुरा छ । जलवायु परिवर्तनका सन्दर्भमा नेपालको वनमन्त्रालयर चीनको वनमन्त्रालयका बिचमा पनि सहकार्य गर्ने सहमति भएको छ । विज्ञान र प्रविधिको कुरामा पनि उहाँहरुसँग भएको विज्ञान र प्रविधि नेपाललाई दिने कुरा गर्नु भएको छ ।’

वि.सं.२०८० असोज १४ आइतवार १६:०५