skip this

 एशियाली खेलकूद : भारतसँग नेपाल २३ रनले पराजित

1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भारतसँग नेपाल पराजित भएको छ । एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो ।चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुनु परेको हो ।

भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित भएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन् ।यो हारसँग नेपाल क्ववाटर फाइनल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

nijgadh-supermart-adz1200-630