नेकपा एमाले मधेस अधिवेशन : बारामा धमाधम प्रतिनिधि छनौंट
वि.सं.२०८० असोज १७ बुधवार ०९:१३

बारा–नेकपा (एमाले) मधेश प्रदेशको यहि २४–२५ असोज जनकपुरमा प्रथम अधिवेशन हुदैँछ ।
अधिवेशनको लागि बाराका विभिन्न पालिकाबाट धमाधम प्रतिनिधि छनौंट भईरहेको छ ।
कहाँबाट को चुनिए ?
निजगढ :
निजगढ नगरपालिकाबाट ८ जना प्रतिनिधि छनौंट भएका छन् ।
खुल्ला तर्फबाट सुदर्शन प्रसाद कोईराला, नारायण प्रसाद गौतम, राजकुमार पोखरेल, श्याम कृष्ण कटुवाल चयन भएका छन् ।
त्यसैगरि महिला तर्फबाट दुर्गा कुमारी कोईराला र लिला देवि लामिछाने खनाल चयन भएका छन् भने युवातर्फबाट तिलक घलान र पुरुषोतम भट्टराई सर्बसम्मत प्रतिनिधि चयन भएका छन् ।

कोल्हवी :
कोल्हवी नगर पालिकाबाट पा“च जना प्रतिनिधि चयन भएका छन् ।
सर्वसम्मत रुपमा खुल्लाबाट ढुण्डीराज उप्रेती, थारु जनजाती कोटाबाट केबल चौधरी, महिलाबाट ज्ञानु केसी, झम्क कुमारी र यूवाबाट रन्जित कुमार चौधरी प्रतिनिधि चयन भएका छन् ।

सिम्रौनगढ :
नेकपा एमाले मधेश प्रदेशको प्रतिनिधिमा सिम्रौनगढ नगरपालिकाबाट तीन जना प्रतिनिधि चयन भएका छन् ।
खुल्लातर्फ ताराचन्द्र प्रसाद साह, महिलातर्फ तेतरदेवी यादव र युवातर्फ मुकेश प्रसाद जैसवाल सर्वसम्मत रुपमा चयन भएको निर्वाचन अधिकृत अनिल गौरबले बताए ।
परवानीपुर :
खुल्लातर्फ ४ जना चयन भएका छन् । चयन हुनेमा राम क्षेत्री, रामपाल यादव, धनराज गुप्ता, ध्रव यादव रहेका छन् । त्यसैगरि सुगन्धी देवी, शारदा देवी यादव चयन भएका छन् भने यूवातर्फ रामजी प्रसाद यादव, रामबाबु चौहान चयन भएका छन् ।

वि.सं.२०८० असोज १७ बुधवार ०९:१३
















