skip this farak Kura Pravakar

बारामा दुई दिनमा ९४ हजार लिटर कच्चा पदार्थ र १७ वटा मदिरा भट्टि नष्ट

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गर्ने अभियान थालेको छ ।

पछिल्लो दुई दिनमा मात्रै १७ वटा भट्टि नष्ट गरेको छ भने ३० हजार लिटर तयारी मदिरा र ९४ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।

बाराको करैयामाई गाउँपालिका वडा नं. ३ गालोपट्टीमा एक ठाउँमा र महागढीमाई नगरपालिका वडा न. १०, ३ गंजभवानीपुरमा ९ ठाउँमा सञ्चालित मदिरा भट्टी नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।

प्र्रहरीका अनुसार भट्टीबाट मदिरा राख्ने ड्रम १४ वटा, मदिरा तयार पार्ने मेशिन ५ वटा र मदिरा राख्ने डेक्ची एक वटा बरामद् भएको छ ।

प्रहरीले कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २५ हजार लिटर नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले प्रेस नोटमार्फत जनाएका छन् ।

त्यसैगरि बाराको पचरौता नगरपालिका वडा नं. ८ छपकैयामा ५ ठाउँमा र आदर्शकोतवाल गाँउपालिका वडा नं.६ पटेर्वामा २ ठाउँमा सञ्चालित मदिरा भट्टी नष्ट गरिएको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टीबाट मदिरा राख्ने ड्रम ७६ वटा, मदिरा तयार पार्ने मेशिन ५ वटा बरामद् भएको छ ।

प्रहरीले कच्चा पदार्थ ४० हजार लिटर र तयारी मदिरा ५ हजार लिटर नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले प्रेस नोटमार्फत जनाएका छन् ।

nijgadh-supermart-adz1200-630