सरकारले आज विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने
वि.सं.२०८० असोज १९ शुक्रवार ११:०९
1.5K
shares

काठमाडौं– सरकारले विद्यालय शिक्षा विधेयक शुक्रबार संसदमा पेश गर्ने भएको छ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार विधेयकमाथि अर्को बैठकमा मात्रै छलफल गर्ने तयारी छ।
वि.सं.२०८० असोज १९ शुक्रवार ११:०९
















