skip this farak Kura Pravakar

चाँड पर्व नजिकिएसँगै शान्ति सुरक्षाको चिन्ता ! निजगढ नगरपालिकाले गर्‍यो सरोकारवालासँग अन्तरक्रिया (भिडियो)

1.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिकाले विजया दशमी, शुभ दिपावली, छठ, नेपाल संवतको पावन अवसरमा नगर कार्यपालिकाको कार्यालयमा शुभकामना आदान–प्रदान एवं चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्यहरु त्रिलोकी चौधरी, मिना लामा, नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत श्री राजमणि निरौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरु, पूर्व जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, कर्मचारीहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना आदान–प्रदान गर्नुका साथै नगरपालिका क्षेत्र भित्र चाडपर्वका समयमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सुझाव प्रदान गरेका थिए ।

निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरुले चाडपर्वको समयमा सुरक्षा व्यवस्थापन मजबुद बनाइएको अवगत गराउँदै राज्य एवं कानूनद्वारा निषेध गरिएको क्रियाकलापमा संलग्न नभई चाडपर्व मनाउन अनुरोध गरे ।

कार्यक्रमको समापन गर्दै नगर प्रमुख सुरथ पुरीले चाडपर्वको समयमा नगरपालिका क्षेत्र भित्र प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकायलाई निजगढ नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गर्ने जानकारी गराउँदै २०८० सालको विजया दशमी, शुभ दिपावली,नेपाल संवत र छठ पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630