फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्यू जनजागृती र पानीट्याड्की भिड्ने
वि.सं.२०८० कात्तिक २ बिहीवार ०९:४२

बारा–बाराको निजगढ नगरपालिका–१३ डम्बरपुरमा जारी फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको आज उपाधि भिडन्त हुदैँछ ।
उपाधिका लागि निजगढ–५ को न्यू जनजागृती युवा क्लब र निजगढ–११ रतनपुरीको पानीट्याड्की युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको फाईनल खेल दिउँसो १ बजे फ्याफुल्ला फुटबल मैदानमा हुने छ ।
प्रतियोगितामा निजगढ–१२ बुड्डजोरको तपोभूमी युवा क्लबलाई पराजित गर्दै न्यू जनजागृती युवा क्लब फाईनल प्रवेश गरेको हो भने निजगढ–१२ रामथलीको सहमति युवा क्लबलाई पाखा लगाउँदै निजगढ–११ रतनपुरीको पानीट्याड्की युवा क्लबले फाईनल यात्रा तय गरेको थियो ।
प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका मिडिया संयोजक उमेश घलानले जानकारी दिए ।
निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २० वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
वि.सं.२०८० कात्तिक २ बिहीवार ०९:४२

















