skip this

मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक

1.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा–६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्। उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुखले जनाएको छ। बोहरा हत्याको योजनाकार हुन्।

मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए। दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १०र१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए।

कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेर कात्तिक ७ गते बोहरासँगै एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए। ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाइ खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए। मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए।

घटनापछि कात्तिक ९ गते गोर्खराज मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेका प्रहरी प्रहरीले जनाएको छ। कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव फेला परेको थियो।

nijgadh-supermart-adz1200-630