एमालेलाइ सर्वाेच्चकाे झड्का ! दोस्रो कार्यकालमा पनि मेयर साहकाे जाेगियाे पद
मौलापुरको मेयरलाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश
वि.सं.२०८० कात्तिक २४ शुक्रवार २०:०६
बारा-रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुर्नवहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार पुर्नवहाली गर्न आदेश सर्वोच्चले आदेश दिएको हो ।
सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘नवेदिकाको नगद प्रमुख पद स्वत रिक्त भएको भनि निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचना समेत हाललाई कार्यान्वयन नगर्नु/नगराउनु र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुम पदमा रही यथावत कामकारवाही गर्न दिनू भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ ९२० बमोजिम अन्तरिम आदेश जारि गरिदिएको छ ।’
मेयरमा दाेस्राे पटक निर्वाचित भएकी साह पहिलो कार्यकालमा माओवादी र दाेस्राे पटक नेकपा एमालेबाट बिजयी भएकी थिईन् ।
प्रतिनिधि सभा निर्वाचनमा एमालेकाे टिकट छाडेर स्वतन्त्र उम्मेदवार बनेका प्रमु साहले गठन गरेकाे आम आदमी पार्टीमा प्रभु पत्नी त्यसमा सक्रिय रहेको आरोप लगाउँदै एमालेले कारबार्ही गरेर निर्वाचन आयोगमा पत्रचार गरेको थियो ।
एमालेलाई धाेका दिएको झाेकमा निर्वाचन आयाेगमा पार्टीले उजुरी गरेपछि त्यसकाे सुनुवाइ गर्दै पद गुमेकाे भन्दै सूचना प्रकाशित भएको थियाे ।
पद गुमेकाे एक महिना नपुग्दै सर्वाेच्चकाे आदेशसँगै साह पुन: पदमा फर्किएकि छन् भने यसले एमालेलाई भने झड्का लागेकाे छ ।
पहिलो कार्यकालमा नेकपा विभाजनपछि माओवादीमा नफर्केर एमालेमै बसेपछि साहलाई माओवादीले कारबार्ही गर्दै निर्वाचन आयोगमा पत्रचार गरेपछि पदमुक्त भएकी साह अदालतकै आदेशमा पुनः पदमा फर्किएकी थिईन् ।
एमाले छाडेको र अर्को पार्टीमा प्रवेश गरेको प्रमाण नभेटिएपछि सर्वोच्चले साहको पक्षमा आदेश सुनाएको हो ।
हेर्नुहोस् अदालतको आदेश :
प्रभु साहलाई सहयोग गरेको भन्दै पाँच जनप्रतिनिधिलाई एमालेले सोध्यो स्पष्टीकरण
वि.सं.२०८० कात्तिक २४ शुक्रवार २०:०६