सम्ब पुराण ज्ञान यज्ञको अवसरमा निजगढमा कलश यात्रा निकालियो (फोटो फिचर)
१ :०० बजेबाट कथा बाचन सुरु गरिने
वि.सं.२०८० कात्तिक ३० बिहीवार १३:१०

बारा–बाराको निजगढ–८ बकैया पुलस्थित सप्तऋषि धर्मशाला परिषरमा सम्ब पुराण ज्ञान यज्ञको अवसरमा विहीबार विहान कलश यात्रा निकालिएको छ ।
बकैया नदीबाट धार्मिक विधि अनुसार कलशमा जल भरेर पूर्वपश्चिम राजमार्गको शहीद चोकसम्म पुगेर शोभा कलश यात्रा कथा बाचनस्थलसम्म आईपुगेर समापन भएको थियो ।
श्रीराम प्रतिष्ठानको संयोजकत्वमा सप्तऋषि सेवा समितिको आयोजनामा भगवान् सूर्यको पूजा–आराधना, भजनकीर्तनसहितको सम्बा पुराण ज्ञान यज्ञको बुधबार साँझ पूर्वाह्न गरिएको थियो ।
यज्ञमा विहीबार दिउँसो १ :०० बजेबाट कथा बाचन सुरु गरिने प्रमुख वाचक बालव्यास शास्त्री श्री अभिषेक ओझाले जानकारी दिएका छन् ।
यज्ञमा विभिन्न स्थानबाट पण्डित तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने र यज्ञका अवसरमा ग्रह पुजा लगायतका विभिन्न कार्यसमेत गरिने भएकाले भक्तजनहरुले अवसरको सदुपयोग गर्न आयोजक समितिकी अध्यक्ष विष्णु नेपालले जानकारी दिईन् ।
कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म विहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म पूजा–पाठ, दिउसो १ः०० बजे – ५ः०० बजेसम्म संगीतमय कथा प्रवचन, सांझ ७ः०० बजेदेखि १०ः०० बजेसम्म भजन सन्ध्या र मंसिर ३ गते बिहान ७ः०० बजेदेखि ब्राह्मण पूजन एवं जप–हवन, विसर्जन कार्यक्रम रहेको जानकारी गराईएको छ ।

















वि.सं.२०८० कात्तिक ३० बिहीवार १३:१०
















