skip this

वडा अध्यक्षलाई १३/१४ लाख बुझाइसक्यौं, अत्ति भएपछि अख्तियार गुहारेँ : राजन उप्रेती (भिडियोसहित)

घरमा पेन्ट गर्न रकम चाहिएको भन्दै पाँच लाख घुँस रकम माग गरे

52.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीलाई अख्तियारको फन्दामा पु¥याउने जग्गा व्यवसायि राजन उप्रेती हुन् ।

सिमरामा जग्गा व्यवसाय गर्दै आएका जीतपुरसिमरा–२ का राजेन्द्र उप्रेती ‘राजन’ कसरी अख्यितारसम्म पुगे भन्ने बारे सञ्चारकर्मीलाई प्रतिकृया दिएका छन् ।

वडा अध्यक्ष कार्कीलाई सोमबार जीतपुरस्थित जयसवाल होटलबाट पाँच लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले रङ्गेहात पक्राउ गरेको थियो ।

व्यवसायि उप्रेतीले वडा अध्यक्ष कार्कीलाई यसअघि १३/१४ लाख बुझाईसकेको दाबी गरेका छन् । उनले अत्ति भएपछि अख्तियार गुहारेँ जनाएका छन् ।

उप्रेतीले साथी दिनेश सुवेदीसँग मिलेर काठमाण्डौका एक व्यक्तिको जग्गा एग्रिमेन्ट गरेको र सो जमिनको घरबाटो सिफारिस लिने क्रममा वडा अध्यक्ष कार्कीले पटक–पटक गरेर १३÷१४ लाख लिईसकेको दाबी गरे । सिफासिस दिनको लागि वडा अध्यक्ष कार्कीले विभिन्न व्यक्तिको नाममा रकम हाल्न दबाब दिने गरेको बताए ।

‘जमिन सम्बन्धि मुद्दामा आफ्नो धेरै खर्च भएको भन्दै रकम माग्न सुरु गरेका कार्कीले पछिल्लो समय घरमा पेन्ट गर्न रकम चाहिएको भन्दै पाँच लाख घुँस रकम माग गरे’, व्यवसायि कार्कीले भने–धेरै दुख दिएपछि अत्ति भएपछि मैले अख्तियारमा जानकारी गराएँ ।

अख्तियारको सल्लाह अनुसार आफुले रकम बुझाएको उप्रेतीले जानकारी दिए । ‘अख्तियारमा पैसाको नम्बर टिपाएर रकम बुझाएको थिएँ,’ योजना अनुसार नै अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

काम गरेर खाने अवस्था नभएपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उप्रेतीको भनाई छ । उनले मन्दिको अवस्थामा बल्ल बल्ल जग्गा किन्न मान्छे आउँदा सिफारिस नदिएर दुःख दिएको गुनासो गरे ।

उप्रेतीका अनुसार वडा अध्यक्ष कार्कीले पाँच लाख बुझेपछि सिफारिस दिने भनेका थिए । सिफारिस पत्र वडा कार्यालयमा तयार पारेर घुँस रकम बुझ्न कार्की होटलमा आएका थिए ।

जीतपुरसिमरा वडा नं. ३ का वडा अध्यक्ष कार्की अख्तियारको फन्दामा (भिडियोसहित)

nijgadh-supermart-adz1200-630