skip this

रेडक्रस निजगढमा सभापतिमा तीन र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी

दुई जनाले लिए फिर्ता

2.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको नयाँ नेतृत्वको लागि शुक्रबार मनोनयन दर्ता भएको छ ।

मनोनयन दर्ता अघि केहि पदमा सर्वसम्मत निर्वाचित भएका छन् भने केहिले उम्मेदवारी फिर्ता लिएका छन् ।

कुन पदमा कसको उम्मेदवारी

उपशाखाको नेतृत्व गर्न तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कार्यसमितिको उपसभापति रहेकी गंगा शिवाकोटी,सहसचिव अमृतराज उप्रेती र पूर्व उपभापति रुद्र धितालले मनोनयन दर्ता गराएका हुन् ।

कसले गरे सभापतिको लागि मनोनयन ?

रेडक्रसको नेतृत्वको लागि ४ जना आकाक्षि देखिएका छन् । जसमा अहिले कार्यसमितिको उपसभापति रहेकी गंगा शिवाकोटी, सचिव मोहन डिसी, सहसचिव अमृतराज उप्रेती र पूर्व उपभापति रुद्र धिताल आकाक्षि देखिएका छन् ।

को हुन् गंगा

सभापतिको लागि उम्मेदवारी घोषणा गरेकी गंगा २०६३ देखि रेडक्रसमा सक्रिय छिन् । मनोनित सदस्यबाट रेडक्रस प्रवेश गरेकी गंगा उपकोषाध्यक्ष, कोषाध्यक्ष हुँदै अहिले उपसभापति रहेकी हुन् । उनका अनुसार यस अघि पनि सभापतिको आकांक्षि भएपनि सहमतिमा त्यसपटक आफु पछाडी हटेकी हुन् ।

को हुन् अमृत

२०७० सालमा सदस्यका रुपमा रेडक्रस प्रवेश गरेका अमृतराज अहिले सहसचिव छन् । उनले आफुलाई सभापतिको आकांक्षिका रुपमा अघि सारेका छन् ।

को हुन् रुद्र

रेडक्रस निजगढमा २०६० देखि सक्रिय रहेका रुद्र पूर्व उपसभापति हुन् । उनले यसअघि पनि सभापतिका रुपमा आकांक्षा व्यक्त गरेपनि हुन सकेनन् । अघिल्लो पटक पनि छाडेकाले यो पटक नेतृत्व गर्ने गरि तयारी गरिरहेको उनी बताउँछन् । उनले उपसभापतिका रुपमा काम गरेपनि पुनः केहि समय साधारण सदस्यका रुपमा सक्रिय रहेर पुनः यसअघि सचिव बनेका थिए ।

अरु पदमा कसको मनोनयन

महिला उपाध्यक्ष पदमा

एक जना महिला उपाध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रमिला नेपाल, धनमाया लामा, लक्ष्मी चौलागाई, बविताकुमारी सापकोटा रहेकी छिन् ।

खुला सदस्य पदमा

४ जना खुला सदस्य पदका लागि ९ जनाको मनोनयन दर्ता भएको छ । जसमा विष्णुकुमार खड्का, टेकबहादुर भण्डारी, रामकृष्ण घिमिरे, रामप्रसाद लामिछाने, छेवाङ नुर्वा लामा, पदमबहादुर श्रेष्ठ, सानुबाबु अधिकारी, गणेश भण्डारी रहेका छन् ।

त्यसैगरि अनिवार्य महिला सदस्य पदमा भने उम्मेदवारी परेको छैन । एउटा पनि उम्मेदवारी नपरेपछि उक्त पद रिक्त भएको छ ।

दुई जनाले लिए फिर्ता

दुई जनाले उम्मेदवारी दर्ता गराएकोमा नाम फिर्ता लिएका छन् । जसमा उपकोषाध्यक्षमा खुर्सिद आलम र सदस्य पदमा थानेश्वर सापकोटाले नाम फिर्ता लिएका हुन् ।

 

रेडक्रस निजगढ : सचिवसहित ४ पदमा सर्वसम्मत !

nijgadh-supermart-adz1200-630