skip this

राष्ट्रिय शहीदको सूचीमा बाराका ३१ जना थपिए (सूचीसहित)

सबैभन्दा बढी कोल्हवी

1.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सरकारले दुई हजार पाँच सय ७४ जनालाई शहीद घोषणा गरेको छ । गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम शहीदहरुको विवरण राजपत्रमा प्रकाशन गरिएको छ ।

नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरुलाई शहीद घोषणा गरिएको सूचना राजपत्रमा प्रशान गरिएको हो ।

विभिन्न मितिमा शहीद घोषणा भई विवरण फरक परेका शहीदहरुको विवतरण सच्याउने, नेपाल राजपत्रका प्रकाशन हुन छुट शहीदहरुको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

यसैक्रममा बाराका ३१ जनाको नाम शहीदको सूचिमा थप भएको छ । जसमा सबैभन्दा धेरै कोल्हवीका परेका छन् । कोल्हवीका ६ जनाको नाम सूचीमा थपिएको हो ।

त्यसैगरि निजगढका पाँच जना, सिम्रौनगढका ४ जना, बारागढी, पचरौता, महागढीमाई र करैयामाईका तीन/तीन जना, आदर्शकोतवालका दुई जना, कलैया र जीतपुरसिमराका एक/एक जना थप गरिएको छ ।

हेर्नुस् विवरण :

nijgadh-supermart-adz1200-630