जीतपुरसिमरा उपमहानगरपालिकाले आज आठौं स्थापना दिवस मनाउँदै, दिईयो सार्वजनिक विदा
वि.सं.२०८० फागुन २७ आइतवार ०७:५६
1.93K
shares

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आज आठौं स्थापना दिवस मनाउँदैछ ।
दिवसको अवसरमा जीतपुरस्थित गौशालामा विभिन्न कार्यक्रम आयोजना गरिदैछ ।
दिईयो सार्वजनिक विदा
दिवस मनाउन जीतपुरसिमरामा सार्वजनिक विदा दिईएको छ । अत्यावश्यक सेवा (वारूणयन्त्र, स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन) बाहेकका अन्य सेवाहरू, मातहतका वडा कार्यालय र शैक्षिक संस्थाहरूलाई विदा दिईएको हो ।

उपमहानगरका अधिकृत छैठौं रमेश सुवेदीले एक सूचना प्रकाशित गरेर नगर प्रमुख स्तरीय निर्णयानुसार सार्वजनिक बिदा दिइएको जनाईएको छ । विदाबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति उपमहानगरपालिका क्षमाप्रार्थी रहेको सूचनामा उल्लेख छ ।

वि.सं.२०८० फागुन २७ आइतवार ०७:५६

















