जीतपुरसिमरा उपमहानगरमा प्रशासन सम्हाल्न आउँदैछिन् उर्मिला काफ्ले ! बन्ने भईन् पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत
वि.सं.२०८१ वैशाख २४ सोमवार १३:५३

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उर्मिला काफ्ने आउने भएकी छिन् ।
त्यहाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यसअघि शिवजी प्रसादले सम्हाल्दै आएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि बैशाख २० गतेको निर्णय अनुसार जीतपुरसिमरामा कामकाज खटाएको हो ।
जीतपुरसिमराको प्रशासनको नेतृत्व गर्न आउन लागेकी उर्मिला पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुन् ।
को हुन् उर्मिला ?
उर्मिला उपसचिव हुन् । उनी यसअघि स्थानीय विकास मन्त्रालयमा शाखा अधिकृत रहेकी थिईन् भने त्यसअघि प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा प्रशासन पुन संरचना इकाईमा समेत उनी कार्यरत थिईन् ।
उर्मिलाले योजना अधिकृतका रुपमा जिल्ला विकास समिति रसुवा, कार्यकारी अधिकृतको रुपमा दोलखाका जिरी नगरपालिकामा काम गरेकी छिन् ।
त्यसैगरि गण्डकी प्रदेश, पोखरामा उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा उपसचिव, जिल्ला समन्वय अधिकारीको रुपमा जिल्ला समन्वय समिति, सोलुखुम्वुमा समेत काम गरेकी छिन् ।
उपसचिव उर्मिलाले डबल डिग्री होल्डर हुन् । ग्रामिण बिकासमा त्रिभुवन विश्वविद्यालबाट र सामुदायिक सुशासन र ग्रामीण विकासमा दक्षिण कोरियाबाट स्नाकोत्तर पुरा गरेकी छिन् ।
वि.सं.२०८१ वैशाख २४ सोमवार १३:५३

















