सिमरा बजारको मुद्दा खारेज ! सपिङ्ग कम्प्लेक्स बनाउन बाटो खुल्यो
सार्वजनिक सम्पति संरक्षणमा अर्को फड्को मारेको मेयर पौडेलको प्रतिकृया
वि.सं.२०८१ वैशाख २४ सोमवार १९:०३

बारा–बाराको जीतपुरसिमरा उपमहानगर–२ स्थित सिमरा हाट बजार क्षेत्रको विषयमा अदालतमा परेको मुद्दा खारेज भएको छ ।
अनाधिकृत संरचना बनाएर बजार कब्जा गर्दै आएका स्थानीय व्यवसायिले अदालतमा मुद्दा दायर गरेका थिए ।
सपिङ्ग कम्प्लेक्स बनाउने योजना अघि सारिएको बजार क्षेत्रमा रहेका अवैध संरचना बाधक बन्दै आएको छ । जसलाई हटाउन उपमहानगरपालिकाले पटक–पटक सूचना निकाल्दै आएको थियो । संरचना खालि गर्न एक वर्षअघि २९ बैशाख २०८० मा अन्तिम पटक भन्दै सूचना जारी गरेपछि व्यवसायिले अदालत गुहारेका थिए ।
सिमरा बजारको मुद्दा खारेज भएसँगै सपिङ्ग कम्प्लेक्स बनाउन बाटो खुलेको छ । जसमा नगर विकास कोषको लगानीमा आधुनिक सपिङ्ग कम्प्लेक्स बनाउन लागिएको छ ।
६ वर्षअघि नै कोरियन कम्पनीले डिपिआर तयार गरिदिएको छ । त्यहिँ डिपीआरलाई सामान्य परिमार्जन गरेर ठेक्का आह्वानको तयारी गरेपनि अनाधिकृत संरचना बाधक बनेको थियो ।
मुद्दा खारेज भएसँगै मेयर पौडेलले उपमहानगरपालिकाको सार्वजनिक सम्पति संरक्षणमा अर्को फड्को मारेको प्रतिकृया दिएका छन् । उनको सचिवालयको फेसबुक पेजमार्फत मुद्दा खारेज भएको उल्लेख गर्दै यस्तो प्रतिकृया जनाएका हुन् ।
सिमराको सपिङ्ग कम्प्लेक्स बनाउन अनाधिकृत संरचना बाधक ! अटेरी गर्नेलाइ अन्तिम पटक सूचना जारी
वि.सं.२०८१ वैशाख २४ सोमवार १९:०३

















