जीतपुरसिमराकाे नगरसभा विरुद्धको रिट : अन्तरिक आदेश आएन
दुवै पक्षलाई छलफलमा बाेलाउन आदेश
वि.सं.२०८१ असार २४ सोमवार १५:०४

बारा-जीतपुरसिमराकाे नगरसभा विरुद्ध जनकपुर उच्च अदालत वीरगंजमा दायर भएको रिटमा सुनुवाइ सकिएको छ ।
असार १० गते सम्पन्न १० ओैं नगर अधिवेशन विरुद्ध उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यले दायर गरेकाे रिटमा साेमबार सुनुवाइ भएको हाे ।
९१ कार्यपालिकाद्वारा नगर प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत विरूद्व दायर भएकाे रिटमा न्यायाधीश भरत लम्सालकाे एकल ईजलासले दुवै पक्षलाई छलफलमा बाेलाउने आदेश दिएको छ ।
अन्तरिक आदेश माग सहित दिईएकाे रिटमा सुनुवाइ गर्दै अन्तरिक आदेश दिनु पर्ने वा नपर्ने विषयमा दुवै पक्षलाई
२८ असारमा उपस्थित हुन आदेश दिएको हाे ।
लगातार दुई वटा बैठक काेरम नपुगेर स्थगित भएपछि २५ प्रतिशत नगर सभा सदस्यकाे उपस्थितमा नगर सभा बैठक समापन गरेकाे छ ।
जीतपुरसिमराकाे नगरसभा सञ्चालन नियमावली २०७५ काे नियम ५ काे उपनियम ४ बमोजिम असार १० गते तेश्राे पटक २५ प्रतिशतबाट जीतपुरसिमरा नगरसभा सम्पन्न भएकाे हाे ।
नगरसभा हुदा कुर्सी ताेडफाेड समेत भएकाे थियाे ।
वि.सं.२०८१ असार २४ सोमवार १५:०४

















