skip this

कार्यपालिका लक्षित कोषबाट मिनाले गराईन् संगितदेखि सिलाई कटाई तालिम र विद्यार्थीलाई ट्रयाकसम्म

2.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।

एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।

कार्यपालिका सदस्य मिना चौरेल निजगढ वडा नं. ४ बाट निर्वाचिन भएकी हुन् । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी मिना कार्यपालिका सदस्य छिन् ।

चौरेलले निजगढ कार्यपालिका लक्षित कोष अन्तर्गत दुई वटा तालिम र विद्यार्थीलाई पोशाक वितरण गरेकी छिन् ।

कार्यपालिकाले सञ्चालन गरेको २३ वटा योजना तथा कार्यक्रम अन्तर्गत चौरेलले नयाँ कार्यक्रमका रुपमा संगीत तथा बाद्य बाधन तालिम सञ्चालन गरेकी छिन् । एक लाख ३७ हजार ५ सय बजेटमा निजगढ क्रियटिभ स्कील डेभलपमेन्ट प्रा.लि. निजगढले तालिमको आयोजना गरेको हो । २० दिन सञ्चालन भएको तालिममा २० जना महिला सहभागि भएका थिए ।

त्यसैगरि ४५ दिन लेभल–१ को ४५ दिने सिलाइ कटाई तालिम सञ्चालन गरेकी छिन् । २ लाख ७५ हजार बजेटमा महिला विकास केन्द्र निजगढले आयोजना गरेको तालिममा २५ जना महिला सहभागि भएका छन् ।

त्यसैगरि चौरेलमार्फत कोषबाट जनकल्याण आधारभूत विद्यालयका ३ सय जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । ३ लाख बजेटमा समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा ट्रयाक सुट वितरण गरिएको हो ।

त्यसैगरि कार्यपालिका लक्षित कोषबाट ४ लाख बजेटमा मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले महिला हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गरेको छ । चौरेलसहित सर्मिला वि.क. अरुणा बि.क. मानबहादुर डासेलीमार्फत ४ कोषको सहयोगबाट तीन स्थानमा गरिएको कार्यक्रममा ९६ जना सहभागि भएका छन् ।

निजगढमा ३२ जना, सिंगौलमा ३३ र रतनपुरमा ३१ जना सहभागि भएको कार्यक्रम ७÷७ दिन प्रत्येक ब्लकमा सञ्चालन भएको थियो ।

निजगढ कार्यपालिका लक्षित कोष : ६५ लाख बजेटबाट २३ वटा योजना तथा कार्यक्रम सञ्चालन

nijgadh-supermart-adz1200-630