skip this

बदाफर–सुकलैया सडक बालगंगाले बगायो ! आवगमन ठप्प हुँदा पनि जनप्रतिनिधिले चासो दिएनन्

3.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ बदाफर–जीतपुरसिमरा–१५ डुमरवाना सडकको सुकलैयातर्फको सडक बालगंगा खोलाले बगाएको छ ।

खोलाले सडक बगाउँदा आवत जावत समेत प्रभावित भएको छ । खोलाबाट सडक उक्लिन मुस्किल भएपछि सवारी साधन ठप्प भएको छ ।

वडा नं. १६ को पिलुवा, महेन्द्रनगर, डकाहा, पैनीटोल, खरसल्ला, झल्ला, कतर्वा, बदाफर लगायतका बस्तीका स्थानीयले बालगंगा खोला तरेर सुकलैया हुँदै डुमरवाना, सिमरा पुग्न यहि सडक प्रयोग गर्छन् ।

अविरल वर्षामा आएको बाढीले सडक बगाएको एक साता वित्न लाग्दा समेत जनप्रतिनिधिले वास्ता नगरेको गुनासो स्थानीयले गरेका छन् ।

स्थानीय रमेश घिमिरेले सामाजिक सञ्जालमा स्टाटस् नै लेखेर जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

उनले मार्मिक ढंगबाट लेखेका छन्–आशाको प्रखाइ कुर्दा कुर्दै निराशा मा परिणत भयको छ । हामीले कहिले सम्म दुःख पाउने हो ? सरोकार वाला निकायको ध्यान जाओस् । वडा नम्बर १५, वडा नम्बर १६ को वडा सरकार र नगर प्रमुख को कार्यालयलाई ध्यानाकर्षण गराउन चाहे । हामी सबैको जय होस् ।

nijgadh-supermart-adz1200-630