सरकार- शिक्षक सहमति : शैक्षिक हड्ताल स्थगित, भर्ना र परीक्षामा लाग्न शिक्षक महासंघको निर्देशन
वि.सं.२०८२ वैशाख १७ बुधवार २१:३५

काठमाडौं-शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ ।
सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने ।
परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे ।
ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।
२० चैतदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।
असार १५ सम्म ऐन नआए कडा सडक आन्दोलन गर्छौं
नेपाल शिक्षक महासंघले आगामी असार १५ गतेसम्म विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ ।
बुधबार (आज) सरकारसँग वार्ता भएपछि विज्ञप्ति जारी गर्दै महासंघले तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा जान बाध्य हुने बताएको छ ।
शिक्षक महासंघसँग सरकारले आगामी असार १५ गतेसम्म शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०८२ वैशाख १७ बुधवार २१:३५
















