skip this farak Kura Pravakar

निजगढमा कृषि मन्त्री अधिकारीलाई किसानको गुनासो सुन्न भ्याई नभ्याइ (भिडियो)

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा बुधबार विहान संघीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई किसानका गुनासो सुन्न भ्याई नभ्याई भयो ।

पथलैया–निजगढ सडकखण्डमा बैशाख ५ गते भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको बरहथवा नारायणहरि शर्माको परिवारसँग भेटघाटनका लागि हवाई जहाज मार्फत सिमरा ओर्लिएका कृषि मन्त्री अधिकारीलाई निजगढमा कृषकसँगको भेटघाटको चाँजोपाजो पूर्व मेयर सुरेश कुमार खनालले मिलाएका थिए ।

शहीद चोक हुँदै सडकटोलबाट हरियाली फाँट नियाल्दै पोखरी रिर्सोट भिल्लामा पुगेका मन्त्री अधिकारीलाई पूर्व मेयर खनालले स्वागत गरे । मन्त्री अधिकारीसँथ भेट्न प्रदेश सांसददेखि मेयर र विद्यार्थी नेतासहित नेता कार्यकर्ता पुगिसकेका थिए ।

मन्त्री अधिकारीलाई कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले माछापालक किसानको हितमा हुने गरि योजना ल्याउन आग्रह गरे ।

मन्त्री अधिकारीलाई नेपाल विद्यार्थी संघ निजगढका सभापति इश्वर सापकोटाले सिचाई, वीमा र बजारीकरणससहित दुग्ध किसानको बक्यौतादेखि प्रांगारिक मलबारे ध्यानाकर्षण गराएका थिए । मन्त्री अधिकारीले आगामी बजेटमा प्रांगारिक मललाई प्राथमिकता दिने गरि योजना बनेको सुनाए ।

उखु किसानका समस्याबारेमा मुकेश कुशवाहले मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।

किसानका गुनासो र ध्यानाकषर्ण पत्र बुझेपछि मन्त्री अधिकारीलाई सञ्चारकर्मीहरुले प्रश्न तेर्साए–किसानका समस्या कहिले समाधान हुन्छ ?

मन्त्री अधिकारीले ऐन ल्याएर कृषि क्षेत्रका सबै समस्या समाधान गरिने बताए । सरकारले चाँडै नै कृषि ऐन ल्याउने जानकारी गराए । ऐन ल्याएपछि सधैंको लागि कृषकको हितमा काम होस् भनेर ल्याउन लागेको कृषि ऐन संसदमा दर्ता गराउने तयारी भईरहेको बताए ।

नेपाललाई आत्मनिर्भर बनाउन आवश्यक कानूनको अभाव रहेको भन्दै ऐनमार्फत कृषिको विकास सम्भव हुने कृषि मन्त्री अधिकारीको भनाई छ ।

आत्मनिर्भर बनेको कृषि सामाग्री खुल्ला सिमानाका कारण आयात भईरहेको भएपनि त्यसलाई कानूनमार्फत कडाई गराउने योजना रहेको मन्त्री अधिकारीले बताए ।

पहुँचका भरमा हुने अनुदान सरकारले रोकिसहेको भन्दै निवेदनका आधारमा अनुदान बन्द गरिएको बताए ।

मन्त्री अधिकारीलाई स्थानीय किसान तथा जनप्रतिनिधिले स्वागत गर्दै कृषिका समस्याका बारेमा ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री वीरेन्द्र सिंह, प्रदेशसभा सदस्य मीना लामा, निजगढ नपाका पूर्वप्रमुख सुरेश खनाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका वरिष्ठ कृषि अधिकृत डा हरेराम यादव, निजगढका वडाध्यक्षहरू ज्ञानबहादुर गोले, रामचन्द्र कटुवाल, सहइया गुरो, राजन श्रेष्ठ `राजु´, युवा कृषक हीरा थापालगायतको सहभागिता थियो ।

भिडियो :

nijgadh-supermart-adz1200-630