skip this farak Kura Pravakar

एमाले निजगढ अधिवेशन : उपसचिवमा अब तीन जना प्रतिस्पर्धी ! सुरेशले गरे उम्मेदवारी फिर्ताको घोषणा

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) निजगढको तेस्रो अधिवेशनमा सबैभन्दा बढी उम्मेदवार रहेको पद हो, उपसचिव । ६ जनाले उम्मेदवारी दिएको यो पदमा अब तीन जनाविच प्रतिस्पर्धा हुने भएको छ ।

आईतबार मनोनयन दर्ता गराएका ६ जना मध्ये दुई जनाको सोहि दिन उम्मेदवारी फिर्ता भईसकेको छ । यसरी उम्मेदवारी फिर्ता लिनेमा दिपक श्रेष्ठ र ईराज कोईराला रहेका छन् । अर्का उम्मेदवार पुरुषोत्तम भट्टराईले समेत उम्मेदवारी फिर्ता लिन चाहेपनि समय सकिएको भन्दै निर्वाचन समितिले फिर्ता लिन नसकिने बताएपछि उनको उम्मेदवारी कायमै छ ।
‘मैले फिर्ता लिन खोज्दा ढिला भएर मिलेन,’ उपसचिवका उम्मेदवार भट्टराईले फरक नेपालसँग भने–अहिले मेरो उम्मेदवारी कायमै छ ।

उम्मेदवारी फिर्ता लिएको घोषणा

अर्का उम्मेदवार सुरेश शर्माले सोमबार विहान उम्मेदवारी फिर्ता भएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषण गरेका हुन् ।

औपचारिक रुपमा दुई जना र घोषणा मार्फत तीन जनाको उम्मेदवारी फिर्ता भएसँगै अब तीन जनाविच प्रतिस्पर्धा हुने भएको छ । जसमा हरि बर्तौंला, विजय तिमल्सिना र पुरुषोत्तम भट्टराई विच प्रतिस्र्धा हुने भएको हो ।

नयाँ नेतृत्व चयनका लागि अहिले केहीबेरपछि निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा मतदान सुरु गर्ने तयारी भईरहेको छ ।

 

nijgadh-supermart-adz1200-630