एमाले निजगढ अधिवेशन : खुला उपाध्यक्ष पदमा महिला उम्मेदवार थापाको चुनौति
को हुन् सम्झना ?
वि.सं.२०८२ वैशाख २२ सोमवार ०८:५६
1.55K
shares

बारा– नेकपा (एमाले) निजगढको तेस्रो अधिवेशनमा खुला उपाध्यक्ष पदमा पहिलो पटक महिला उम्मेदवारले चुनौति दिएकी छिन् ।
आगामी नेतृत्वका लागि हुन लागेको अधिवेशमा उपाध्यक्ष पदमा सम्झना थापा लामिछानेको उम्मेदवारी परेको हो ।
निजगढ वडा नं. ३ का पूर्व वडा अध्यक्ष समेत रहेका जीतबहादुर तामाङ्ग थापाको प्रतिस्पर्धी हुन् ।
को हुन् सम्झना ?
निजगढमा एमालेको स्थापित महिला नेतृ हुन,–सम्झना लामिछाने थापा । पटक–पटक नगर कमिटीको सदस्य हुँदै सचिवालय कमिटीमा समेत काम गरेकी सम्झना अनेमसंघको जिल्ला सदस्य समेत हुन् ।
पार्टीसँगै निजगढका विभिन्न संघ संस्थामा उनले काम गरेकी छिन् । निजगढ खानेपानी संस्थाकी कोषाध्यक्ष भईसकेकी उनी विद्यालय व्यवस्थापन समिति लगायतमा समेत काम गरेकी छिन् ।

वि.सं.२०८२ वैशाख २२ सोमवार ०८:५६

















