skip this

विवाह, ब्रतबन्ध गर्न प्रशासनको स्वीकृति अनिवार्य

2.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले माघ ७ गते मध्यरातदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको छ ।

यसअघिको आदेशमा विवाह, व्रतबन्ध, न्वारन, पास्न जस्ता धार्मिक, सांस्कृतिक कार्यमा ५० जनाको उपस्थितिमा गर्न सकिने उल्लेख गरिएको भए पनि अब यस्ता कार्यक्रम गर्दा कार्यक्रममा सहभागी हुन पाउनेको संख्या ५० बाट २० पुर्‍याइएको छ ।

काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति भने अनिवार्य लिनुपर्ने भएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका मानिसमात्र सहभागी हुन दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

उनले भने– ‘विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ ।

nijgadh-supermart-adz1200-630