skip this farak Kura Pravakar

प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता : पहिलो खेल वडा नं. ४ भर्सेस १० र दोस्रो खेल वडा नं. ६ र ८ विच

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा सञ्चालित प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन आज दुई वटा खेल हुनेछ ।

दिउँसो ३ः३० बजे हुने पहिलो खेलमा वडा नं. ४ र १० विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल ५ः०० बजे हुनेछ । दोस्रो खेल वडा नं. ६ र ८ विच हुनेछ ।

निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको व्यवस्थापन निजगढ फुटबल क्लबले गरिरहेको छ ।

निजगढका १३ वटै वडाको विचमा हुने प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगद र शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

nijgadh-supermart-adz1200-630