skip this farak Kura Pravakar

सार्वजनिक मावि बागदेवका क्रिकेट खेलाडीलाई जर्सी वितरण

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—बाराकाे निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयका क्रिकेट खेलाडी विद्यार्थीहरुलाई जर्सी वितरण गरिएको छ ।

एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद गौतम र लेखापाल नवराज गौतमले औपचारिक रुपमा जर्सी वितरणसहित जीतकाे शुभकामना दिएका छन् ।

निजगढ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ क्रिकेट क्लबकाे व्यवस्थापनमा निजगढ-६ भमरा खेल मैदानमा आजदेखि सुरु हुन लागेको अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा विद्यालयका खेलाडी सहभागी हुदैछन् ।

कार्यक्रममा अध्यक्ष गौतमले विद्यार्थीहरूलाई अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिँदै प्रतियोगितामा विजयको अग्रिम शुभकामना व्यक्त गरे । साथै, उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद प्रतिको रुचि र नेतृत्व विकासमा टेवा पुर्‍याउने उल्लेख गरे ।

nijgadh-supermart-adz1200-630